२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

९४ प्रतिशत ॐकार परिवार रहेको नेपाललाई हिन्दुराज्य बनाउन कांग्रेसले नेतृत्व गर्नुपर्छ :पराजुली

Bhim Parajuli

विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दुराज्य बनाउन माग गर्नुभएको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा आइतबार लिखित धारणा राख्दै उहाँले मुलुकलाई हिन्दुराज्य बनाउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभएको हो ।

परम्परागत धर्म संस्कृति संरक्षण र सम्बर्द्धनमा ठोस कदम नचालेमा देश अगाडि बढ्न नसक्ने भन्दै पराजुलीले भन्नुभयो, ‘करिब ९४ प्रतिशत ॐकार परिवार रहेको नेपाललाई परापूर्व कालदेखि चलिआएको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न जोडदार माग गर्दछु । र यसको नेतृत्व नेपाली कांग्रेसले गरोस् । संघीयता खर्चिलो प्रणालीको रुपमा विकसित हुँदै गएको र यसबाट सिर्जित निराशाले ६२( ६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू समानुपातिकता समावेशिताहरू समेत गुम्ने खतरा भएको उहाँले बताउनुभयो ।

उहाँले समानुपातिक र समावेशी प्रतिनिधित्व नघट्ने गरी राष्ट्रिय सभामा व्यवस्थापन गर्न, संघीय सांसद र प्रदेश सांसद तथा स्थानीय कार्यपालिकाको सिट संख्या घटाउनुपर्ने, जिल्लाको संरचना हटाई जिल्ला अन्तर्गत भइरहेका कामहरूलाई स्थानीय तहमा लैजानुपर्ने धारणा पनि राख्नुभयो । नेता पराजुलीले नेपाली कांग्रेसका स्थानीय, प्रादेशिक र संघीय स्तरका जनप्रतिनिधिहरू उम्मेदवार छनोट गर्दा सम्बन्धित स्थानका क्रियाशील सदस्यको सर्वसम्मत वा बहुमतबाट छनोट गर्नुपर्ने पनि बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस