२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लक्की ज्वेलर्ससहित एक दर्जन व्यापारी सुन तस्करीमा मुछिए, सार्थक होला नरेन्द्र गुप्ताको अभियान ?

काठमाडौं । तस्करहरुले अवैध बाटोबाट नेपाल भित्र्याएका सुन नेपालमै प्रयोग हुने गरेको पाइएको छ। तस्करीको सुन व्यवस्थापन र बिक्री वितरणमा काठमाडौको न्यूरोडका सुन पसलका सञ्चालकहरुकै संलग्नता रहेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ।

सीआईबी स्रोतकाअनुसार अवैध सुन व्यवस्थापनमा लक्की ज्वेलर्स, महाकाली ज्वेलर्स, पशुपति ज्वेलर्स, मुक्तिनाथ ज्वेलर्स, महाकाली ज्वेलर्स, जय सन्तोषी मा सुनचाँदी ज्वेलर्स, जागेश्वरी ज्वेलर्स, श्रीराम गुल्मेली सुनचाँदी पसल, आशापुरी ज्वेलरी, त्रिशक्ति क्रिएशन, गढीमाई ज्वेलर्स, शिवम् ज्वेलर्स, गजानन ज्वेलर्स र हरेराम हरे कृष्ण सुनचाँदी पसलका सञ्चालक तथा कर्मचारीहरुको संलग्नता देखिएको छ।

उनीहरुको सुन तस्करी तथा व्यवस्थापनमा संलग्नता देखिएपछि हरीवृत्त जनसेवा विशालनगरले लक्की ज्वेलर्सका रिसी ठाकुर र मुकुन्दकुमार ठाकुरलाई समातेर अनुसन्धान थालेकोबारे बिजपाटी डटकमले करिब दुई महिनाअघि समाचार प्रकाशित गरेको थियो। विद्युतीय चुरोट (भेप) मार्फत् नौ किलो सुन तस्करी भएको बिषयमा थप अनुसन्धानको क्रममा ती व्यवसायी पक्राउ परेको समेत स्रोतले जनाएको छ। ुयस प्रकरणमा ठाकुरका आफन्त भएको पाइएपछि अहिले ठाकुरलाई थुनामा राखिएको हो, यो सुन तस्करसँग जोडिएको बिषय होु स्रोतले भन्यो।

सीआईबीले अहिले भेपमार्फत् तस्करी भएको नौ किलो सुन र राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनबारे अनुसन्धान गर्ने क्रममा यी दर्जनभन्दा बढी सुनचाँदी पसलका सञ्चालक र कर्मचारीको संलग्नता भेटिएको हो। चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरुपमा भित्र्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते सुन बरामद गरेको थियो ।

सीआईबीले सुन तस्करीसम्बन्धि पहिलो र दोस्रो चरणको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिसकेको छ। त्यसकै आधारमा मुद्दा अदालतमा गइसकेको छ। सीआईबीले यसअघि नै नेपालमा वर्षेनी ठूलो परिमाणमा नेपालमा अवैध सुन भित्रिने र त्यसको उपयोग नेपालमा पनि हुने प्रतिवेदन सार्वजनिक गरिसकेको छ। सीआईबीले सार्वजनिक गरेको प्रतिवेदन यतिखेर आएर नेपाल राष्ट्र बैंकले तोकेको कोटा प्रणालीको अव्यवहारिकता र नेपालमा जर्तीको नाममा हराएर जाने भनिएको सुनको ‘कनेक्सन’ विस्तारै प्रमाणित हुँदै गएको छ।

पछिल्लो समय कोटा प्रणालीको खारेजी र गहनामा जर्ती हटाएर ज्याला मात्रै कायम गर्नुपर्ने माग उठिरहेको छ। ऋद्धि सिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्र गुप्ताले शुरु गरेको कोटा प्रणालीको खारेजी र जर्ती हटाएर ज्याला मात्रै लागू गर्ने अभियानसमेत विस्तारै सार्थक हुने देखिएको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस