२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुलमानमाथि अप्राकृतिक लाञ्छना : प्रचण्ड

mawobadi

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वभाविक लाञ्छना लगाएको बताउनुभएको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले डेडिकेटेट र ट्रंकलाइनका विषयमा अप्राकृतिक आरोप लगाएको बताउनुभएको हो । “विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमाथि अस्वभाविक, अप्राकृतिक ढंगले लाञ्छना लगाउने कुरा भएको छ । ती कुराप्रति गम्भीर ध्यानाकर्षण भएको छ,” प्रचण्डको धारणा उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भन्नुभयो, “सरकारले सुशासनको सवालमा भ्रटाचार विरोधी अभियानमा अवरोध हुने खालका कुरा नगरोस् भनेर खबरदारी गरेका छौँ ।”

प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक संसद्मा पेस हुने विषय भनेको सुखद् समाचार भएको सुनाउनुभयो । बैठकमा उहाँले बंगलादेशको घटनाबाट नेपालमा पार्ने असर प्रभावबारे आफ्नो धारणा सापकोटाले जानकारी दिनुभयो । “त्यसबाट पनि हामीले शिक्षा लिनुपर्छ । जनताका दैनिक समस्याका विषयमा अघिल्लो सरकारले सुशासनको पक्षमा गरेका काम अघि बढाउनु त कता हो राम्रो काममा पनि अवरोध सिर्जना गरिरहेको छ,” सापकोटाले भन्नुभयो । स्थायी कमिटी बैठक आज शनिबार पनि बस्दैछ ।

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस