२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहकारी छानबिन समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउँछ : सभापति थापा

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ । शुक्रवार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिले सहकारीको छानबिनका लागि निरन्तर काम गरिरहेको भन्दै समयमा नै सम्पन्न गर्ने जानकारी दिनुभयो ।

उहाँले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरूलाई बोलाएर सोधपुछ गरिरहेको बताउनुभयो । कारागारमा रहेकारूलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको उल्लेख गर्नुभयो । समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिए पनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन पत्रचार गरेको बताउनुभयो ।

विदेशमा रहेका २१ जना सहकारी बचत अपचलन गरेको आरोपमा छानबिनका लागि जरुरी रहेकाले जुनसुकै देशमा भए पनि समितिले समयमा नै छानबिनको लागि ल्याउन सरकारसँग आग्रह गरेको स्पष्ट पार्नुभयो । समितिले आगामी भदौ १ गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षसँग बयान लिने कार्य सक्ने योजना बनाएको बताउनुभयो । सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छौँ । तर, पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन मन्त्रालयलाई पत्रचार गरेका छौँ । सरकारबाट केही जानकारी आएको छैन । २१ जना विदेशमा रहेका सहकारी बचत अपचलन गरेको आरोपमा छानबिनका लागि जरुरी छन् । जुनसुकै देशमा भएपनि समितिले समयमा नै छानबिनको लागिल्याउन अनुरोध गरेको छ, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस