२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा ठूलो दुर्घटना टर्यो !

काठमाडौं। बिहीबार साँझ करिब ८ बजे काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाको छेउमा कमलादी रोडमा स्वात्तै भ्वाङ पर्यो । अत्यन्तै व्यस्त हुने यो सडकमा त्यही भ्वाङमाथी सवारी थिए भने ठूलो दुर्घटना हुने थियो । तर भगवान भरोसा दुर्घटना टर्यो । उक्त सडकमा करिब ५ मिटरभन्दा गहिरो र करिब १० मिटर भन्दा फराकिलो भ्वाङ परेको छ । फुटपाथमा हिँड्न समेत असहज हुने गरी भ्वाङ परेकाले दुई लेनको एकतर्फी यो सडक हाल पूर्णरुपमा बन्द गरिएको छ ।

टुकुचा खोला (इच्छुमती) को कल्भर्टको टेको भत्किएर सडकमा भ्वाङ परेको हो । ‘टुकुचा माथि स्ल्याब कल्भर्ट छ । अरु पुल लामो हुन्छ, तर त्यो छोटो पुलजस्तो छ । स्ल्याब कल्भर्टलाई अड्याउन टेको लगाइएको थियो । त्यो टेको ५० औं वर्ष अगाडि ईंटाको बनाइएको रहेछ । ‘

सडक डिभिजनका अधिकारीका अनुसार अब यो मर्मत सम्भार गरेर मात्र हुँदैन पुरै पुनर्निर्माण गर्ने हुन्छ । ‘त्यो पुरानो कल्भर्टले काम गर्दैन त्यसको लागि फेरी पुरै फेँददेखि नै उठाउन आवश्यक छ,’ एक अधिकारीले भन्नुभयो । कमलादी सडक सञ्चालनमा आउन अब ३ महिना लाग्न सक्नेछ ।

यता काठमाडौं महानगरपालिकाले त्यो खोलालाई अवरोध नगरी आफ्नै बाटोमा बग्न दिनुपर्ने अडान राखेको छ । महानगरका मेयर बालेन शाहले टुकुचा माथि सडकमा परेको खाल्डोको भिडियो सामाजिक सञ्जालमा राख्दै खोलालाई आफ्नै बाटोमा हिँड्न दिनुपर्ने बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस