२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेको नामावली सार्वजनिक

काठमाडौं । आज नुवाकोटमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरका क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ । क्याप्टेन अरुण मल्लसहित ४ चिनियाँ नागरिकहरूको मृत्यु भएको छ । मृत्यु हुने चिनियाँ नागरिकहरु जुताड ताङ, ताइ ली, यीयाड वु र जेमिङ जी रहेका छन् ।

४ जना चिनियाँ नागरिक मध्ये ३ जना पुरुर र एक जना महिला रहेको प्रहरीले जनाएको छ । आज (बुधबार) नुवाकोटको शिवपुरी-७ को सूर्य चौरको डाँडामा ठोकिएर एयर डाइनेस्टीको 9A-A-JD हेलिकोप्टर दुर्घटना भएको थियो । हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटमै दुर्घटनामा परेको थियो । दुर्घटना भएको हेलिकोप्टरले चार जना चिनियाँ नागरिकलाई स्याफ्रुबेँसी छाडेर त्यहाँबाट विदेशी नै लिएर फर्कने तालिका थियो ।

 

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस