२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : तीन सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले आज (बुधबार) नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको हो । आयोगमा इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य हुनुहुन्छ ।

आयोगलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ । नुवाकोटको शिवपुरी-७ को सूर्य चौरको डाँडामा ठोकिएर एयर डाइनेस्टीको 9A-A-JD हेलिकोप्टर दुर्घटना भएको थियो । काठमाडौंबाट उडेको ३ मिनेटमै दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस