२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बंगलादेशमा प्रधानमन्त्री निवास प्रवेश गरे आन्दोलनकारी

Protesters entered the Prime Minister's residence in Bangladesh

२२ साउन, काठमाडौं । बंगलादेशमा प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले भने केही समय अगाडि मात्र निवास छाडेकी थिइन् । उनले राजीनामा ममेत दिइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो । तर आन्दोलन रोकिएन । पछिल्लो दिन प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आन्दोलन चर्किएको थियो । हिंसात्मक आन्दोलनका क्रममा आइतबार मात्र ९१ जनाको मृत्यु भएको थियो । आन्दोलनकारी प्रधानमन्त्री निवास गणभवनभित्रै प्रवेश गरेका छन् । त्यहाँबाट टेबुल कुर्सीहरु बाहिर निकालेका छन् ।

 

प्रकाशित मिति : २०८१ साउन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस