२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थीलाई सम्मान

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।

थारु विद्यार्थी सभाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी यस वर्षको एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरेको हो । त्यस अवसरमा उत्कृष्ट एसइईमा ४ जिपिए सहित उत्कृष्ट हुने २० जना थारु विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै पूर्व मन्त्री एवं सांसद भगबती चौधरीले शिक्षा हासिल गरेर नै भविष्य निर्माण गर्न सकिने बताउनुभयो । त्यसैले पढ्ने उमेरमा पढाइमा ध्यान केन्द्रित गर्न सांसद चौधरीले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस