२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काभा महिला भलिबल : भारतसँगको खेलमा नेपाल २–१ सेटले अगाडि, जितको नजिक

Nepal India Volleyball

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगअन्तर्गत अहिले भइरहेको खेलमा नेपाली महिला भलिबल टिमले भारतको सामना गरिरहेको छ । यो खेल त्रिपुरेश्वरको दशरथ रंगशालास्थित राखेपको कभर्डहलमा भइरहेको छ ।

दबाबबीच सुरुआतबाटै लगातार अग्रता बनाएको नेपाल एक समय ११-६ ले अगाडि थियो । दशरथ रंगशालाको कभर्डहलमा उपस्थित भएका उल्लेख्य समर्थकबीच नेपाली महिला खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । १८-१५ को अग्रता बनाएको नेपालली टिम २५-१८ ले पहिलो सेटमा विजयी भयो । पहिलो सेटमा निरुता ठगुन्ना र उषा भण्डारीले नेपालका लागि उत्कृष्ट स्पाइकिङ गरे ।

दोस्रो सेटमा सुरुआतमै पछि परेको अवस्थाबाट पुनरागमन गरेको नेपालविरुद्ध भारतले पनि उत्कृष्ट प्रदर्शन गर्यो । ७-७ को बराबरीबाट भारतले १५-९ को अग्रता बनाएको थियो । नेपालले भने पहिलो सेटमा जस्तो प्रदर्शन गर्न सकेन ।

यससँगै भारतको सेट पोइन्ट हुँदा नेपालले रातो कार्ड पाएपछि नेपाल २५-१२ ले पराजित भयो । तेस्रो सेटको सुरुआतमा संघर्ष गरे पनि एक समय नेपाल १३-८ ले अगाडि थियो । नेपाल १७-९ हुँदै २०-११ ले अगाडि रहँदै तेस्रो सेट २४-१७ ले जितेको छ ।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस