२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतलाई हराउँदा नेपालका मन्त्री देखि खेलाडी दर्शक कसैका आँशु रोकिएनन्

Nepal India

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगअन्तर्गत अहिले भइरहेको खेलमा नेपाली महिला भलिबल टिमले भारतलाई हराउँदै इतिहास रचेको छ । त्रिपुरेश्वरको दशरथ रंगशालास्थित राखेपको कभर्डहलमा भएको खेलमा ३–२ को सेटले नेपालले भारतलाई हराएको हो ।

दबाबबीच सुरुआतबाटै लगातार अग्रता बनाएको नेपालले पाँचौ सेटसम्म पुगेर भारतलाई पहिलो पटक हराएर इतिहास रचेको हो । आजभन्दा पाँच बर्ष अघि नेपाल र भारतबीचको खेलमा नेपालले इतिहास रच्न चुकेको थियो । नेपालले खेल जित्दा कसैले आँशु रोक्न सकेनन् । मन्त्री, पूर्व मन्त्रीहरु, सदस्यसचिव, खेलाडी, पूर्व खेलाडी कसैलेपनि आँशु रोक्न सकेनन् । दशरथ रंगशालाको कभर्डहलमा उपस्थित भएका उल्लेख्य समर्थकबीच नेपाली महिला खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । खेलमा निरुता ठगुन्ना र उषा भण्डारीले नेपालका लागि उत्कृष्ट स्पाइकिङ गरे ।

 

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस