२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जापानले एकै पटक ३० हजार नेपाली लैजाने, यी प्रक्रियामा सामेल भए केही महिना भित्रै उड्ने

काठमाडौं । जापानमा भवन सरसरफाइ तथा व्यवस्थापनको काममा जान चाहने नेपाली कामदारको भाषा र सीप परीक्षण नोभेम्बरको २७ देखि डिसेम्बर ८ तारिकभित्र हुने भएको छ । जापानको (एसएसडब्लू) प्रणालीमार्फत जापान जान चाहने कामदारको परीक्षाका लागि तयारीको अवस्था बुझ्न नेपाल आएको जापानका टोलीले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग छलफल गर्दै परीक्षाका बारेमा जानकारी गराएको हो ।

जापानमा कामदार पठाउन नेपाल सरकारसँग भएको सम्झौता र कार्यविधिका आधारमा दक्ष जनशक्तिलाई जापान पठाउन लागिएको विभागका महानिर्देशक घिमिरेले बताउनुभयो ।

छलफलका क्रममा भाषा र सीप परीक्षणका लागि भइरहेको तयारीका बारेमा कुराकानी भएको उहाँले बताउनुभयो । उहाँले जापानमा एउटै कम्पनीमार्फत ३० हजार कामदार लैजान जापानी टोली इच्छुक देखिएको जानकारी दिनुभयो । भवन सरसरफाइ तथा व्यवस्थापनको काममा पहिलो पटक जापानले नेपाली कामदार लैजान लागेको हो । परीक्षाको सम्पूर्ण काम काठमाडौँस्थित पिएनटी ट्रेनिङले व्यवस्थापन गर्ने जापानी टोलीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस