२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले सचिवालय बैठक होटेल बसेरामा

काठमाडौं । केहीबेर अघि सुरु भएको नेकपा एमाले सचिवालय बैठक जारी छ । बैठक हनुमानथान स्थित होटेल बसेरामा भइरहेको छ । आजको बैठकले वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त समीक्षाको साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने तयारी छ ।

असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बसेको हो । यस अघि केन्द्रीय नेताहरूको अन्तर जिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो । नेताहरूलाई अब आफ्नै भूगोलमा खटाउने तयारी पार्टीले गरेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस