२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फ्रि भिसा, फ्रि टिकट हुन सक्दैन : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम‚ रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले फ्रि भिसा, फ्रि टिकट कार्यान्वयनमा समस्या रहेको भन्दै वैदेशिक रोजगारीमा जाँदा श्रमिक लैजाने कम्पनीले वा श्रमिक आफैँले लागत बेहोर्नुपर्ने अवस्था रहेकाले फ्रि भिसा, फ्रि टिकट हुन नसक्ने बताउनुभएको छ । उहाँले अब सरकार वैदेशिक रोजगारमा जान एकजना श्रमिकले कति सेवाशुल्क तिर्नुपर्छ भन्ने यकिन लागत तोक्ने गृहकार्यमा लागेको र आन्तरिक रोजगारीलाई व्यवस्थित गर्न छिट्टै आन्तरिक रोजगार महाशाखा स्थापना गर्न मन्त्रालय लागि परेको बताउनुभएको छ ।

‘फ्रि भिसा, फ्रि टिकटमा विदेश जाने भन्ने हुँदैन‚ कार्यान्वयन गर्न सकिँदैन। कि त श्रमिक लैजानेले कम्पनीले कि त श्रमिकले बेहोर्नुपर्ने हुन्छ‚’ उहाँले भन्नुभयो‚ ‘त्यसैले वैदेशिक रोजगारमा जान एकजना श्रमिकले कति सेवाशुल्क तिर्नुपर्छ भन्ने विषयमा मन्त्रालय गृहकार्यमा लागेको छ। उहाँले मन्त्रालय नेपालीलाई विदेश पठाउने मन्त्रालयको रुपमा मात्र चिनिएको भन्दै आन्तरिक रोजगारीलाई व्यवस्थित र एकीकृत बनाउन आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको दावी गर्नुभयो ।’

 

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस