२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेयर बजारले नाघ्यो २८०० : अहिलेसम्मकै रेकर्ड ब्रेक

१७ साउन, काठमाडौं । सेयर बजारले २८०० अंक नाघेको छ । बिहीबार कारोबार भइहरँदा १२ : ३३ बजे नेप्से परिसूचक २८०२ अंक कायम भएको छ । यो बेलासम्म ८ अर्ब ४४ करोडको कारोबार भएको छ । १५८ कम्पनीको मूल्य बढेको छ भने ७८ को घटेको छ । त्यस्तै ५ कम्पनी स्थिर रहेका छन् ।

बिहीबार मध्यान्हसम्म बीमा सेक्टरले बजारमा नेतृत्व गरेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ५.८९ प्रतिशत बढेको छ । त्यस्तै लगानी समूह ४.२८ तथा निर्जीवन बीमा समूह ४.३१ प्रतिशत बढेको छ । हाइड्रोपावर समूह १ प्रतिशतमुनि रातो देखिएको छ । सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर, श्रीइन्भेस्टमेन्ट फाइनान्सको मूल्य १० प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एचआईडीसीएल, प्रोग्रेसिभ फाइनान्स, सीईडीबी हाइड्रोपावर तथा निफ्रा क्रमशः अगाडि छन् ।

 

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस