२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देवी प्रतिभा आफैंले एक पैसा लिनुभएन, उहाँलाई पठाउने भारतको संस्थाले कति लैजान्छ ?

काठमाडौं । ‘देवी प्रतिभा’ नामले परिचित प्रतिभा पराजुली पशुपतिमा आयोजित कोटी होममा भाग लिएर भारत फर्किनुभएको छ । उहाँले मीठो आवाजमा कथा बाचन गरेर धेरैको मन जित्नुभयो । अत्यन्तै पुरातन कथा भनेर समाजलाई पछाडि धकेल्न खोजेको भन्दै आलोचनाको शिकारपनि बन्नुभयो ।

त्यति मात्र हैन, उहाँले लिने शुल्क र बडी गार्डका विषयमापनि विवाद भयो । कसैले ५० लाख, एक करोड अझ कसैले त अर्बौं रकम नै लगेको भनियो । तर सत्य चै देवी प्रतिभा आफैंले कुनैपनि शुल्क नलिएको आयोजकको दावी छ । देवी आवद्ध राष्ट्र सेवा परिवारले नै बडी गार्ड, बाध्यबाधनको समूहसहित पठाएकाले राष्ट्र सेवा परिवारलाई दक्षिणाको रुपमा केही दिने आयोजकले बताएको छ ।

अरु सबै भ्रमपूर्ण प्रचार मात्र रहेको आयोजकको दाबी छ । यति रकम हुनुपर्छ भनेर उक्त संस्थालेपनि नभनेका कारण स्व-इच्छाले केही दक्षिणा स्वरुप रकम दिने आयोजकको भनाई छ । तर बडीगार्ड, बाध्यबाधन, उहाँको युबट्युब स्ट्रिमिङ्गका दर्जनौं टीमको यातायात, होटल बसोबास, उहाँहरुका लागि पारिश्रमिक सबै गर्दा ५० लाख माथी खर्च हुने आयोजकको अनुमान छ । एक आयोजकले भन्नुभयो, कुनै एक सांगीतिक कार्यक्रममा कलाकारलाई बोलाउँदा समेत मोटो रकम खर्च हुने सबैलाई थाहा नै छ । उहाँको टीमलेपनि घरपरिवार चलाउनुपर्यो । यही काममा समर्पित हुनुहुन्छ । उहाँहरुको खर्च निस्किनेगरी दक्षिणा त दिनुपर्यो ।

राष्ट्र सेवा परिवार भारतको हो । यसले भारतमा विभिन्न समाजसेवा गरिरहेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा जन्मिनुभएकी देवी प्रतिभाले नेपाल छोडेर भारत फर्किदै गर्दा विमानस्थलको आफ्नो जन्मभूमि ढोकेर सबैको मन जित्नुभएको थियो । उहाँ भारतमा निक्कै चर्चित हुनुहुन्छ ।

Devi Pratibha

Devi Pratibha

 

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस