२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं उपत्यकामा बाढीले १ जनाको मृत्यु, ७१ को उद्धार

काठमाडौं । अबिरल वर्षाका कारण काठमाडौं उपत्यका विभिन्न स्थान डुबानमा परेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मंगलबार रातिको वर्षापछि आएको बाढीमा फसेका ७१ जनाको उद्धार गरिएको छ । बाढीमा परेर काठमाडौंमा एक जनाको मृत्यु भएको छ । बल्खु पुलमुनि बुधबार बिहान बाढीमा बगेका एक पुरुषको शव फेला परेको थियो ।

प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार बाँके घर भई सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका ४५ वर्षीय रामसरुप महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा अड्किएको अवस्थामा फेला परेको शव झिकेर मुचुल्का गरि परिवारको जिम्मा लगाईएको उहाँले बताउनुभयो ।

काठमाडौं उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो ।

बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिनुभयो । बाढीमा फसेका ७१ जनालाई उद्धार भएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार काठमाडौंमा १९, ललितपुरमा २४ र भक्तपुरमा २८ जनाको उद्धार गरिएको हो ।

 

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस