२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पल शाह बढी नै मन पर्छ, सहकार्य गर्न मन छ – गायिका कमला घिमिरे

काठमाडौं । बाल गायिकाको रुपमा परिचित कमला घिमिरे अहिले किशोर अवस्थामा प्रवेश गरेकी छिन् । समयको अन्तरालसँगै उनले आफूलाई निक्कै मेच्योर रुपमा प्रस्तुत गर्न थालेकी छिन् । अहिले उनी काठमाडौंमा नै छिन् । अध्ययनसँगै केही सिपमुलक कामहरु समेत गर्न थालिसकेकी छिन् ।

हालै उनले अभिनेता पल शाह आफूलाई धेरै नै मनपर्ने अभिनेता भएको उल्लेख गरेकी छिन् । मन त सबै पर्छ, तर पल शाह अलिक बढी नै मन पर्छ पत्रकारको प्रश्नमा उनले भनेकी छिन् ।

पल शाहसँग फिल्म खेल्न मन छ नै भन्नुभएको रहेछ ? भन्ने प्रश्नमा उनले फिल्म नै भन्दापनि केही न केहीमा सहकार्य गर्न मन छ । चाहे फिल्म होस् वा गित नै उनले भनेकी छिन् ।

 

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस