२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

७ महिने गर्भवतीले गरिन् फेन्सर (तरबार चलाउने खेल) ओलम्पिकमा प्रतिस्पर्धा

१५ साउन, काठमाडौं । इजिप्टियन फेन्सर नाडा हाफिजले आफूले ७ महिनाको गर्भवती अवस्थामा पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरेको खुलासा गरेकी छन् । २६ वर्षी हाफिजले महिला इन्डिभिडुअल साब्रेतर्फ पहिलो खेल जितेकी थिइन् । तर अन्तिम १६ मा पराजित भइन् । उनले इन्स्टाग्रममा एक पोष्ट गर्दै आफू ७ महिनाको गर्भवती रहेको उल्लेख गरेकी हुन् ।

‘पोडियममा तपाईंका दुई जना खेलाडी देखिन सक्छन्, वास्तवमा त्यहाँ तीन जना थिए । म, मेरो प्रतिस्पर्धी र मेरो यो संसारमा आउन बाँकी रहेको सानो बच्चा’, उनले लेखेकी छन्, ‘मेरो बच्चा र मेरा लागि शारीरिक र मानसिक दुवै रुपमा चुनौतीहरु थिए । गर्भावस्थाको रोलरकोस्टर आफैंमा कठिन छ, तर जीवन र खेलकुदको सन्तुलन कायम राख्नको लागि लड्नु कठिनभन्दा कम थिएन ।’

कायरोकी हाफिज लगातार तेस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हुन् । हाफिजले प्रतिस्पर्धा गर्दै अन्तिम १६ मा पुग्दा एकदमै गर्व लागेको बताएकी छन् । उनले पहिलो खेलमा अमेरिकाकी एलिजाबेच तार्तताकोभ्स्कीलाई १५-१३ ले पराजित गरेकी थिइन् । तर अर्को खेलम दक्षिण कोरियाकी जिओन ह्योङसँग १५-७ ले पराजित भइन् । हाफिजले यस पटकको ओलम्पिक फरक रहेको बताएकी छन् । ‘३ पटकको ओलम्पियन । तर यस पटक सानो ‘लिटिल ओलम्पियन’लाई बोकेर केही फरक थियो’, लेखेकी छन् । News

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस