२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भ्रष्ट्राचारी र क्रुर अपराधिलाई मार्ने कानून बनाउँनै पर्छ : अधिवक्ता स्वागत नेपाल

काठमाडौं । स्वागत (भद्रप्रसाद) नेपाल अधिकांश नेपालीले चिनिएका व्यक्ति हुनुहुन्छ । उहाँ अधिवक्ता, सामाजिक अभियान्ता, लेखक, पत्रकार र राजनीतिज्ञका रुपमा निक्कै सक्रिय व्यक्ति हुनुहुन्छ । उहाँले कुनै दलमा आवद्ध नभइ स्वतन्त्र रुपमा नै झापा क्षेत्र नं.–२ मा प्रतिनिधि सभा सदस्य (सांसद) मा झण्डै बाजी मार्नुभयो ।

तत्कालिन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई त पछार्नु नै भयो, हालका सभामुख एवं नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेसँग मात्र २ हजार २ सय ५६ मतले हार्नुभयो । उहाँ ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ को व्यवस्थाको व्यवस्थाको मागकर्ता एवं पहिलो अभियान्ता समेत हो । संसदीय चुनावमा उठेका उम्मेदवारमध्ये कोही न कोही चुन्नैपर्ने बाध्यकारी व्यवस्था छ । कोहीपनि उपयुक्त उम्मेदवार भएनन् भने रिजेक्ट गर्ने अधिकार मतदातामा हुनुपर्छ भन्ने विषय उहाँले उठाइरहनुभएको छ ।

यसैगरी उहाँले आफू कानून व्यवसायी भएपनि नेपालमा भ्रष्ट्राचारी र क्रुर अपराधिलाई मृत्युदण्डकै कानून हुनुपर्ने जोड दिँदै आउँनुभएको छ । यसो नगरेसम्म नेपाल सही दिशामा आउँन नसक्ने उहाँको ठम्याई छ । सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भनिएका प्रायः देशमापनि यो व्यवस्था भएकाले नेपाललेपनि कानून नै बनाएर यो व्यवस्था ल्याउँनुपर्ने उहाँको जोड छ ।

 

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस