२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

११ वर्ष जेलपछि लगातार ८ वटा लुटपाट, हाइकिङ जानेहरु ढुकेर बलात्कार गर्ने गरेको आशंका

काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडाहरुमा पदयात्रा गर्ने समूहमाथि लुटपाट गर्ने समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार पक्राउ परेका धनबहादुर स्याङ्तान श्रंखलाबद्ध लुटपाट, जबरजस्ती करणी, करणी उद्योगमा समेत संलग्न व्यक्ति रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताउनुभयो । पछिल्लो समय उनी लगातार ७ वटा लुटपाटको घटनामा संलग्न रहेको खुलेको छ । जबकी उनी जबरजस्ती करणी, करणी उद्योग अभियोगमा ११ वर्ष जेल बसेर निस्किएका थिए । उनीसहितको समूहले मान्छेलाई हातखुट्टा बाँध्ने, बन्धक बनाउने र खुकुरी देखाउँदै लुटपाट गर्ने गरेको खुलेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

पछिल्लो पटक १२ साउनमा नागार्जुन नगरपालिका–७ स्थित बिन्ध्यबासिनी जंगलमा लुटपाट गरी भाग्ने क्रममा स्याङ्तान काठमाडौंको स्यूचाटारबाट पक्राउ परेका थिए । कारमा जंगल घुम्न आएका ६ जना व्यक्तिहरुको सुनचाँदी, मोबाइल र नगद लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई स्यूचाटारबाट पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले ७ तोला ६४ लालका सुनका गरगहना, ४.७९ तोलाको चाँदीको गहना र नगद १३ हजार ४ सय रुपैयाँ बरामद गरेको थियो । प्रहरीले उनीबाट लुटपाटमा प्रयोग भएको दुई थान खुकुरीसमेत बरामद गरेको छ । यो समूहका अझै कम्तीमा ५ व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका स्याङ्तानमाथि डाँकाचोरी तथा जबर्जस्ती करणी उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । स्याङ्तान पक्राउ परेपछि अनुसन्धान गर्दा हाइकिङ जाने व्यक्तिमाथि लुटपाट गर्ने समूहका मुख्य व्यक्ति रहेको खुलेको प्रहरीले जनाएको छ । उनले हाइकिङ जानेहरुमाथी बलात्कार समेत गरेको हुनसक्ने प्रहरीको आशंका छ । डाँकाचोरी तथा बलात्कारको कसुरमा साढे ११ वर्षभन्दा बढी समय जेल बसेर ११ माघ २०८० मा मात्रै छुटेर पुन अपराधकर्ममा लागेको खुलेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस