२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साउनको दोस्रो सोमबार श्री पशुपतिनाथ मन्दिरमा बिहानै जे देखियो

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार । श्री आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहानै अत्याधिक भीड देखियो । बिहान दुई बजेदेखि नै मानिसहरु लाइन बसेका थिए ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

 

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस