२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वराज्यमन्त्री राय हत्याको आरोपमा पक्राउ परेका दुईजना सार्वजनिक, कारण मात्र २ लाख

१४ साउन, जनकपुरधाम । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रायकै घरमा काम गर्ने सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र राय छन् ।

उनीहरूले पूर्वराज्यमन्त्री रायको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । दुवैजना माथि कर्तव्यज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताउनुभयो । साउन ७ गते राति सर्लाहीको चन्द्रपुर गाउँपालिका १ रतनपुरमा पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

पूर्वराज्यमन्त्री रायको हत्या जग्गा सम्बन्धी विवाद र आर्थिक प्रलोभनको कारण कामदार राम उज्जैनले गरेको प्रहरीको निष्कर्ष छ । प्रहरीका अनुसार करिब १ महिना अगाडि पूर्वराज्यमन्त्री रायका छिमेकी वीरेन्द्रले राम उजैनलाई रायको घर जग्गाको नक्सा मागेर फोटो, भिडियो बनाएका थिए । रायको पक्की घर आफ्नो जग्गा ओगटेर बनाएको वीरेन्द्रले आरोप लगाउँदै आएका थिए । घटनाको केही दिनअघि मात्र रायको हत्या गरे वीरेन्द्रले राम उजैनलाई २ लाख रुपैयाँ र व्यवसायको लागि एउटा फर्मसमेत बनाइदिने प्रलोभन दिएको घटनाको अनुसन्धानबाट खुलेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस