२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मौद्रिक नीति आएकोे दोस्रो दिनमै ओरालो लाग्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६१.०९ अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो । कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक २७३५ अंकसम्म पुगेको थियो । त्यसपछि उतारचढावका क्रममा दुई पटक २७०० अंक नाघे पनि माथि टिक्न सकेन ।

बजार घट्दा कारोबार रकम भने उच्च भएको छ । १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ को स्थिर रह्यो । फाइनान्स ५६ तथा हाइड्रोपावर समूह २६ अंक बढे भने अरु सबै घटे । बैंकिङ ०.६, विकास बैंक १४२, होटल तथा पर्यटन १९, जीवन बीमा २५२, उत्पादन १३७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा १४०, अन्य ०.५६ र व्यापार १७६ अंक घटे ।

नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशत बढ्यो । मन्दाकिनी हाइड्रोपावरको ८.५, बाराही हाइड्रोपावरको ६.८, जानाकी फाइनान्सको ६.८ तथा गणपति लघुवित्तको ६.५ प्रतिशत मूल्य बढ्यो । आरम्भ चौतारी लघुवित्तको मूल्य ८.३, बोटलर्स नेपाल बालाजुको ७.९, अभियान लघुवित्तको ६.८, गुराँस लघुवित्तको ६.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

 

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस