२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली युवाको सफलता : प्रितेश कार्की अमेरिकामा आवास तथा विकास सल्लाहकार नियुक्त

अमेरिका । नेपाली मुलका युवा प्रितेश कार्की आवास तथा सामुदायिक विकास सल्लाहकारमा नियुक्त हुनुभएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित सान् फ्रान्सिस्कको निवासी कार्कीलाई अलमिडा काउण्टीको बोर्ड अफ सुपरभाइजर्सले नियुक्ति अनुमोदनको पत्र पठाएको हो ।

सन् २०२८ जुलाई २३ सम्मको ४ वर्षे कार्यकालका लागि कार्की नियुक्त भएको काउण्टीको पत्रमा उल्लेख गरिएको छ । कार्की सान् फ्रान्सिस्को बे एरियाको नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) का अध्यक्ष हुनुहुन्छ । उच्च शिक्षाका लागि अमेरिका आउनुभएका आर्किटेक इन्जिनियर कार्कीलाई उहाँको पेशागत शिक्षा र सामाजिक योगदानका आधारमा मनोनयन गरिएको हो । कार्की क्यास्ट्रोभ्यालीस्थित युनाइटेड स्कल डिस्ट्रकअन्तर्गत सबो इलिमेण्ट्री स्कुल काउन्सिलको निर्वाचित अध्यक्ष पनि हुनुहुन्छ ।

 

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस