२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले र नेकपा एसबीच एकताको च्याप्टर क्लोज – पृथ्वी सुब्बा गुरुङ

Prithvi Subba Gurung

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अब नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीच पार्टी एकता हुने च्याप्टर क्लोज भएको बताउनुभएको छ । उहाँले कुनै बेला एकताको अभियोनका लागि आफूलेपनि बार्ता गरेको स्वीकार गर्दै, अब यो च्याप्टर क्लोज भएको दाबी गर्नुभयो ।

उहाँले पार्टी फुटाउँनेलाई स-सम्मान भित्र्याउने नीति एमालेमा नरहेको बताउँदै आउन चाहाने नेतालाई जिम्मेवारी दिने तर पार्टी नै एकता नगर्ने बताउनुभयो । पार्टीसँग निहुँ खोजेर, देखाउँछु भनेर पार्टी छोड्नेलाई फेरि निमन्त्रण गरेर ल्याइन्न तर गल्ती स्वीकारेर आउन चाहानेलाई सम्मान-पूर्वक जिम्मेवारी दिने पार्टीको नीति रहेको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस