२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेविरुद्ध पुनरावेदन नगर्न पीडितको निवेदन

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दा सर्वाेच्च अदालतमा पुनरावेदन नगर्न पीडित (गौशाला २६) ले उच्च सरकारी वकिल कार्यालय, पाटनमा निवेदन दिएकी छिन् । सो मुद्दाका कारण आफूले अनेक दबाब झेल्नुपरेको र अब त्रारसहित र शान्तिपूर्ण जीवन जिउन चाहेको भन्दै उनले पुनरावलोकन नगर्न आग्रह गरेकी हुन् ।

उच्च सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार निवेदनमा उनले आफू उच्चको फैसलाका कारण र सामाजिक सञ्जालमा आएका टीका–टिप्पणीले मानसिक तनावमा रहेको उल्लेख गरेकी छिन् । कसैको दबाबमा आफूले जाहेरी नदिएको र अरूले आफूजस्तो नियति भोग्नु नपरोस् भन्ने मनसाय रहेको उनको भनाइ छ । सफाइ दिने उच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने उनले बताएकी छिन् ।

उनले निवेदन दिँदैमा सर्वाेच्चमा पुनरावेदन भने रोकिँदैन । फैसलाको अध्ययन गरेर पुनरावेदन गर्ने–नगर्ने सम्बन्धमा निर्णय गरिने उच्च सरकारी वकिल कार्यालय, पाटनका प्रमुख शंकर खत्रीले बताउनुभयाे ।

गत २ जेठमा भएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको थियो । जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गरेकोमा उच्च अदालत पाटनले सफाइ दिएको थियो । आर्थिक सहयोग नगरेको रिसको आवेगमा गौशाला २६ ले क्रिकेटर लामिछानेविरुद्ध जाहेरी दिएको र सहमतिको सम्बन्धलाई बलात्कार भन्न नमिल्ने भन्दै उच्च अदालतले उनलाई सफाइ दिने फैसला गरेको थियो ।

प्रकाशित मिति : २०८१ साउन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस