२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आइतबार इतिहासकै गर्मी दिन, तोडियो ८४ वर्ष पुरानो रेकर्ड

Temperatures to heat 30s as hot weather kicks in

काठमाडौं । गत आइतबार अर्थात् जुलाई २१, २०२४ पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी दिनको रुपमा रह्यो । कपर्निकल क्लाइमेट चेन्ज सर्भिस (c3s) का अनुसार आइतबार विश्वको औसत तापमान १७.०९ डिग्री सेल्सियस मापन भएको थियो । यसले सन् १९४० देखि अहिलेसम्मका सबै रेकर्ड तोडिदिएको छ ।

यसबीच संयुक्त राष्ट्रसंघका महासचिवले भने पृथ्वी जोगाउन कम्मर कस्न सबैलाई आह्वान गर्नुभएको छ । भयानक गर्मीका कारण युरोप तथा अमेरिकामा तातो लहर अर्थात् हिटवेभ चल्नुका साथै डढेलो फैलिएको छ । स्मरण रहोस् गत वर्ष जुलाई ६ का दिन विश्वको औसत तापमान १७.०८ मापन भएको थियो, जसलाई यो वर्षको तापमानले उछिनेको छ । हुनत गत वर्षको अधिकतम औसत तापमान भन्दा यो वर्ष केवल ०.०१ डिग्री सेल्सियस मात्रै धेरै हो । तर यसका कारणले जुन विपदहरु आइरहेका छन् र आउने छन्, ती भयानक हुनेछन् ।

सी थ्री एसका निर्देशक कार्लो बुआटेम्पोका अनुसार यो विश्वव्यापी औसत तापमान हो । हाल गर्मीका कारण विश्वका धेरै देशमा तातो लहर चलिरहेको छ । दक्षिण अमेरिका भयानक हिटवेभसँग जुझिरहेको छ भने चीनमा हिटवेभपछि भारी वर्षा तथा बाढीले कहर मच्चाइरहेको छ । जहाँ औसत तापमान ३५ डिग्री मापन गरिएको छ । उत्तरी अफ्रिकामा तापमान ५० डिग्रीसम्म पुगेको छ । विश्वभर रहेका ताता, चिसा स्थानहरुमा रहेको तापक्रमको औसत मापन १७.०९ डिग्री हो । यसले चिसो रहेका स्थानहरुमापनि गर्मी भइरहेको छ र ताता मानिएकाहरुमा त झनै गर्मी बढिरहेको छ भन्ने पुष्टि हो ।

 

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस