२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कीर्तिपुरका मेयर नकर्मीको निधन : आज शोक बिदा

११ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उहाँको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ । उहाँको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिएको छ । उहाँकोआजै अन्त्येष्टि भएको छ ।

नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । मिर्गौलामा समस्या आएपछि उहाँ २ साउनमा वीरमा भर्ना हुनुभएको थियो । मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै सुनिता शाक्यलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिनुभएको थियो ।

 

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस