२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

४४ जनाको ज्यान लिइसकेको चाँदीपुरा भाइरसको नेपालमा उच्च जोखिम

काठमाडौं । भारतको गुजरातलगायत क्षेत्रमा तीब्र गतिमा फैलिरहेको चाँदीपुरा भाइरसको जोखिम नेपालमा उच्च रहेको जनस्वास्थ्य तथा सरुवा रोग बिशेषज्ञहरुले औल्याएका छन्। केही समयदेखि देखा परेको चाँदीपुरा भाइरसले हालसम्म ४४ जनाको मृत्यु भइसकेको छ भने १ सय २४ जनामा संक्रमण पुष्टि भएको छ।

एजेन्सीका अनुसार भारतको अहमदावाद, बडोदरा, राजकोट, सुरत लगायतका सहरहरुमा यसको संक्रमण बढी पाइएको छ। नेपालमा यो भाइरसको पहिल्यै संक्रमण फैलिसकेको र भारतवाट नेपाल आवातजावात गर्ने भइरहने कारण संक्रमित पनि नेपाल आउन सक्छन । डेंगु सार्ने लामखुट्टे एडिस एजिप्टाइ र सेन्फलाइ नामक भुसुनाले यो भाइरस सार्छ ।

यी दुबै कीट नेपालमा रहेको र तराईका जिल्लाहरुमा यसकोे उच्च जोखिम रहेको छ । यसअघि नै संक्रमण देखिएकाले नेपाल उच्च जोखिममा रहेको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पुर्वनिर्देशक तथा जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बताउनुभयो । उहाँका अनुसार सन् २०१४ मा चाँदीपुरा भाइरसका कारण मोरङमा १२ जनाको मृत्यु भएको थियो। एकैपटक धेरै जनाको मृत्यु भएपछि महाशाखाले नमूना विदेश पठाइ परीक्षण गर्दा चाँदीपुरा भाइरस पहिचान भएको थियो ।

नेपालमा बिगतका वर्षहरुमा पनि देखिएको भएपनि जाँच नभएकोले थाहा नभएको हुन सक्ने डा. मरासिनीको तर्क छ । ‘हरेक वर्ष इन्सोफ्लाइटिसकै जस्ता बिरामी उपचारमा पुगेको देखिन्छ, तर उनीहरुमा चाँदीपुरा छ या छैन भनेर परिक्षण गरेको देखिंदैन,’ उहाँले भन्नुभयो । यो भाइरस सार्ने दुवै कीट नेपालमा रहेको कारणले नेपालमा कुनै पनि बेला महामारीको रुप लिन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले बताउनुभयो । ‘लामखुट्टे पनि छ, भुसुना पनि छ, उता आवात–जावात पनि छ, कुनै पनि बेला महामारीको रुपमा फैलिन सक्छ’ उहाँले भन्नुभयो ।

चिकित्सकका अनुसार चाँदीपुरा संंक्रमित एडिस एजिप्टाइ लामखुट्टे र सेनफलाइ भुसुनाले टोकेमा रगत हुँदै भाइरसले मस्तिष्कमा संंक्रमण गर्छ । मस्तिष्कमा संक्रमण भएपछि अन्य अंगहरु नसा, मिर्गौला, कलेजोसमेत फेल भइ मानिसको मृत्यु हुन्छ । यसको लक्षण इन्सोफलाइटिसँग मिल्दोजुल्दो हुन्छ । मानिसमा संक्रमण भएको ४८ घण्टाभित्र मृत्यु हुन सक्छ । यो रोगकोे मृत्युदर अरु रोगको भन्दा उच्च अर्थात् कुल संक्रमितमध्ये ६० प्रतिशत रहेको छ।

 

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस