२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बढेको सेयर बजारमा साताको अन्तिम दिन कारोबार २ अर्ब घट्यो

१० साउन, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.०२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २५६८ अंकमा कायम भएको छ । त्यस्तै १४ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन १६ अर्ब २० करोडको भएको थियो । यस दिन माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा धेरै ६.८ प्रतिशत बढ्यो ।

बैंकिङ १.३६, फाइनान्स १.२२, होटल तथा पर्यटन ०.४२, जीवन बीमा ०.७१, उत्पादन ०.८६, निर्जीवन बीमा २.९५ तथा व्यापार समूहको सूचक ०.८१ प्रतिशत बढ्यो ।

अन्य ०.३३, लगानी ०.७३, हाइड्रोपावर ०.१० र विकास बैंक समूहको सूचक ०.३५ प्रतिशत घट्यो । उपकार लघुवित्त, जीवन विकास लघुवित्त, एसियन हाइड्रोपावर, गणपति लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

आरएसडीसी लघुवित्तको ९.७, नाडेप लघुवित्तको ९.७, लक्ष्मी लघुवित्तको ९.७ तथा बोटलर्स नेपाल तराईको मूल्य ९.५ प्रतिशत बढ्यो । मितेरी डेभलपमेन्ट बैंकको ७.६ र माण्डु हाइड्रोपावरको मूल्य ४.६ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

 

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस