२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन ११ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार २ हजार ४०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ४६ हजार ७०० कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस