२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बजेटमा आयात कर घटाएपछि भारतमा सुन चाँदीको मूल्य अझ सस्तो भयो

काठमाडौं । भारतमा सुन चाँदीको मूल्य अझ सस्तो भएको छ । बुधबार सार्वजनिक भएको बजेटमा सुन चाँदीको भन्सार महसुल (आयात कर) घटाएपछि २ दिनमा सुन चार हजार रुपैयाँ र चाँदी ३६ सय रुपैयाँले सस्तो भएको हो ।

सरकारले बजेटमा सुन चाँदीको भन्सार १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ । बुधबार कर घटाएपछि सुन ४ हजार रुपैयाँले सस्तो प्रति १० ग्राम ६९ हजार १९४ रुपैयाँ भारुमा बिक्री भइरहेको छ भने चाँदी ३ हजार ६ सयले घटेर ८४ हजार ८९७ रुपैयाँ भारुमा पुगेको छ ।

बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४७ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार ७ सय रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस