२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टेकु अस्पतालबाट भागेका दुई युवकमा हैजा पुष्टि : सचेत रहन अपिल

Cholera confirmed in two young men who escaped from Teku Hospital

१० साउन, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारकै क्रममा भागेका दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले हैजा आशंका लागेर परीक्षण गरिएका दुई जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो । ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकुमा तीन युवकलाई ल्याइएको थियो ।

गृहका २१, २८ र ५५ वर्षका पुरुषलाई वार्डमा भर्ना गरिएको थियो । उनीहरु अस्पतालको शौचालयको झ्यालबाट भागेका थिए । ‘तीन जनामध्ये दुई जना २१ र ५५ वर्षका पुरुषमा हैजा संक्रमण पुष्टि भयो,’ डा. पौडेलले भन्नुभयो, ‘त्यही सुधार केन्द्रका सोमबार ल्याइएका अर्को युवकमा पनि पुष्टि भएको छ ।’ ती युवकको मिर्गौलामा समस्या आएपछि थप उपचारका लागि टेकु अस्पतालले पाटनमा रेफर गरेको थियो ।

‘त्यहाँ आपूर्ति हुँदै आएको पानीमा दिसाजन्य कीटाणु भेटियो । सबैले एउटै पानी सेवन गरिरहेका छन् । केन्द्रमा झाडापखाला लागेका जोकोहीलाई पनि हैजा संक्रमण हुने सम्भावना छ,’ डा. पौडेलले भन्नुभयो । हालसम्म हैजा संक्रमित ती युवकले आफ्नै हिसाबले उपचार गरिएको जानकारी प्राप्त भएको डा. पौडेलले बताउनुभयो । हैजा फैलन नदिन खोपको तयारीसँगै जनचेतनाको पाटो बढाउनुपर्ने विज्ञहरूको सुझाव छ । वर्षायाममा धेरै पानी पर्छ । पानीले थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लग्छ । दिसाका जिवाणु इनार वा पानीको मुहानमा मिसिँदा हैजा संक्रमण गराउँछ ।

 

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस