२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विमान दुर्घटनाको खबर सुन्नासाथ प्रधानमन्त्री बृफिङ लिन विमानस्थलमा

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनाका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा बृफिङ लिनु भएको छ ।
विमान दुर्घटनाको खबर सुन्नासाथ प्रधानमन्त्री ओली विमानस्थल पुग्नुभएको थियो । त्यहाँ दुर्घटनापछि भएको उद्दारका सम्बन्धमा नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रबाट बृफिङ लिनुभयो । दुर्घटनाको छानबिन गर्न आदेश दिनुभयो । साथै दुर्घटनाग्रस्त क्षेत्रको अवलोकन गर्नुभयो ।

विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् । चालक दलका एक सदस्यसहित विमान चालकलाई जिवितै उद्दार गरेर अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस