२०८१ असोज २५ गते शुक्रवार | 2024 October 11th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुराकानी गर्नसक्ने अवस्थामा छन् जहाज दुर्घटनामा घाइते पाइलट

The pilot injured in the plane crash is able to communicate

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त रहेको छ । केएमसी अस्पताल उच्च स्रोतका अनुसार उहाँको अनुहारमा ठूलो चोट लागेको छ । तर उहाँ कुराकानी गर्नसक्ने अवस्थामा हुनुहुन्छ ।

उहाँको मेरुदण्डको एल टु भाँचिएको देखिएको छ । अनुहारमा गहिरो चोट लागेको छ । तर अहिलेसम्म अवस्था खतरामुक्त छ अस्पताल स्रोतले भन्यो, उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा बुधबार १८ जनाको मृत्यु भएको थियो । पाइलट शाक्यको मात्र उद्धार सम्भव भएको थियो ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस