२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जहाजका पाइलटको जीवित उद्धार, यात्रुहरूको शव निकालिँदै

Rescue of pilot alive, bodies of passengers recovered

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट जिवित उद्दार गरिएका छन् । उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ ।

यात्रुहरु भने अधिकांस हताहति भएको स्रोतेल बतायो । उद्दार टोलीले मृतक यात्रुहरुको शव दुर्घटनास्थलबाट धमाधम निकालिरहेको छ । कति संख्यामा शव भेटियो भन्ने आधिकारिक जानकारी गराइएको छैन ।

जहाजमा १९ जना यात्रु सवार थिए । सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरु लैजान लागिएको थियो । अधिकांस इन्जिनियर र प्राविधिकहरु थिए । जहाजमा सर्वसाधारण यात्रु थिएनन् । रन वे ०२ बाट टेक अफ लिने क्रममा पूर्वतर्फ रन वे २० मा जहाज दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस