२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

९ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा आज (बुधबार) रातिदेखि शुक्रबार रातिसम्म भारी वर्षाको सम्भावना छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा विहीबार बिहानदेखि शुक्रबार बिहानसम्म भारी वर्षाको सम्भावना छ । शुक्रबारको दिन बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याइएको छ ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा सो सम्भावनाबारे उल्लेख छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । त्यसैले देशैभर साधारणतया बदली छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा अहिले वर्षा भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो ६ घण्टायता गण्डकी प्रदेशको नवलपुर देउरालीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ । त्यहाँ ४५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी धादिङको गजुरीमा २८.२, गोरखाको बारपाकमा २६.६, लम्जुङको बेंसीशहरमा २३.८ र पाल्पाको अर्चलेमा २१.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस