२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गाउँपालिकाका अध्यक्ष जुवा खालबाट पक्राउ, महिला बेचेकोपनि अभियोग

८ साउन, काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् । कपन प्रहरी प्रभागले बुढानीलकण्ठ–१० बाट घलेसहितका व्यक्तिहरुलाई शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ६ बुक तास र एक लाख ३५ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ । उनलाई जुवामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नुर्वु मानव वेचबिखनको कसुरमा पनि पक्राउ परेका व्यक्ति हुन् ।

घलेविरुद्ध एक महिलाले आफूलाई श्रीलंका पुर्‍याएर मानव बेचबिखन गरको आरोप लगाउँदै ७ वर्ष पहिले साविक महानगरीय प्रहरी परिसर (हाल जिल्ला प्रहरी परिसर) काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा घले पक्राउ परेका थिए ।

 

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस