२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शेयर बजारमा रौनक, परिसूचक २८ महिनायताकै उच्च

Stock market upbeat, index hits 28-month high

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब २८ महिनायताकै उच्च विन्दुमा पुगेको छ । मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ को विन्दुमा अडिएको हो । जुन करिब २८ महिनायताकै उच्च हो । यसअघि अन्तिम पटक २०७८ चैत १६ गते नेप्से परिसूचक २५६८.२५ को विन्दुमा अडिएको थियो ।

यस दिन बजारमा ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयरको खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रूपैयाँको कारोबार भएको छ । सोमबार २.१५ अंकले बढेको बजारमा साढे १३ अर्बको कारोबार भएको थियो भने त्यसअघि आइतबार मात्रै ६१ अंकले नेप्से बढेको थियो ।

आज आधा दर्जन कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ । मंगलबार बोटल्स नेपाल बालाजु, समृद्धि फाइनान्स कम्पनी, मण्डु हाइड्रोपावर, हाथ्वे इन्भेष्टमेन्ट नेपाल, नेपाल वेयरहाउसीं कम्पनी र साहस उर्जा लिमिटेडको सेयर सर्किट लेबलमा कारोबार भएको छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस