२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई भारतले दियो विशाल लक्ष्य

India gave a huge goal to Nepal

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटमा भारतले नेपालसामु १७९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको हो ।

भारतका लागि ओपनर शफाली बर्माले सर्वाधिक ८१ रन बनाइन् । बर्माले दयालन हेमलतासँग मिलेर पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरेकी थिइन् । हेमलता ४७ रन बनाएर आउट भइन् । सजीवन सजना १० रन बनाएर आउट हुँदा जेमिमाह रोड्रिग्ज २८ र ऋचा घोष ६ रनमा अविजित रहे । बलिङमा नेपालकी सीता रानामगरले दुई विकेट र कविता जोशीले एक विकेट लिइन् ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस