२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरणमा गृहमन्त्रीको जवाफ, अनुसन्धान अघि बढिसक्यो

Home Minister's response to the former minister's bribe of 5,000

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनता समाजवादीका सांसद तथा पूर्वमन्त्री डा. वीरेन्द्र महतोले सदनको रोष्ट्रमबाट आफूले पाँच हजार रुपैयाँ घुस दिएको भनेर दिएको अभिव्यक्तिप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै व्यक्तिगत रूपमा पनि सांसद महतोसँग आफूले कुरा गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले व्यक्तिगत रूपले त्यो कुरा सोधेर त्यो मान्छे चिनाउनको लागि सहयोग गर्न पनि आग्रह गरेको छ। प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्नको लागि आवश्यक निर्देशन दिइसकेको छ । यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।’

पूर्वमन्त्री महतोले आइतबार सदनमा भन्नुभएको थियो, ‘हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। म भूतपूर्व मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु।’

यो विषयमा कांग्रेसका सांसद राजेन्द्र केसीले गृहमन्त्री र शिक्षामन्त्रीले सांसदहरूले घुस दिएर आएको भन्ने कुरालाई नजरअन्दाज गर्न नहुने धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस