२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको सुनचाँदीको मूल्य

Gold Price Today Nepal

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पहेंलो धातु सुनको मूल्य स्थिर छ । सोमबार पनि प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन स्थिर रहेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

गत साउन २ गते मंगलबार सुनको मूल्यले कीर्तिमानी उचाइ छोएको थियो । उक्त दिन सुनको मूल्य तोलाको १ लाख ४९ हजार ८०० पुगेको थियो । त्यसयता सुनको मूल्य घट्दो क्रममा छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यसैगरी, यो दिन चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार ४३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २४ हजार ८०३ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५३४ रुपैयाँ ५० पैसा तोकेको छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस