२०८१ पुष ३ गते बुधवार | 2024 December 18th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम र मन्त्रालय टुंग्याएको छ । निवर्तमान मन्त्री प्रकाश श्रेष्ठले यो पटक कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ । यसअघिको सरकारमा उहाँको जिम्मेवारीमा रहेको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय यो पटक एमालेकी सुकुमाया तामाङलाई दिइएको छ ।

अमन मास्केलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण, प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालय र किरण थापालाई स्वास्थ मन्त्रालयमा पठाउने तयारी छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस