२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हाम्रो मुटुको टुक्रा छोरा/श्रीमान हराएकाले खोजीका लागि देख्नुहुनेसम्म पुर्याइदिन अनुरोध

हाम्रो मुटुको टुक्रा छोरा / श्रीमान हराएकाले खोजीका लागि देख्नुहुनेसम्म पुर्याउँन यो तस्वीर र उहाँको विवरण एक-अर्कामा साझा गरिदिन विनम्र अनुरोध गर्दछौं । दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्वर ४ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्वर ३२ कोटेश्वर बस्दै आउनुभएका बर्ष ४० (जन्म मिति २०४१ / ०९ / २२ ) का हाम्रा छोरा/श्रीमान बेद बहादुर बस्नेत बिगत ५ महिना देखि कोटेश्वरबाटै हराइरहनुभएको छ ।

कसैको परिबन्धमा पो पर्नुभएको छ की ? वा कुनै असहज परिस्थितीले कतै भौतारिदै हुनुहुन्छ की ! हामी हाम्रो मुटुको टुक्रा रुपी परिवारका सदस्य बेपत्ता हुँदा अत्यन्तै पीडामा छौं । हामी तपाईलाई खोजी रहेका छौं । तपाइलाई जुनसुकै असहज भएपनि यो पोस्ट देख्नुभएपछि जसरीपनि हाम्रो सम्पर्कमा आउँनुहोस् है ।

तपाई तमाम नेपालीभाषी दाजुभाई दिदिबहिनीहरु यो पोस्टको फोटोमा देखिनुभएका, उल्लेखित विवरण मिल्ने व्यक्तिका बारे कही देख्नु / सुन्नु भएको छ भने, हामीलाई जानकारी गराइदिनुहोला । हामी उहाँको प्रतिक्षामा दिन-रात भौतारिरहेका छौं ।

बुबाको नाम : धन बहादुर बस्नेत
पत्नीको नाम : अन्जना घिमिरे बस्नेत

हराएको मिति २०८० / ११ / १२

देखिए / भेटिएमा तत्कालै सम्पर्क गरिदिनुहुन अनुरोध सहित

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस