२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सर्लाहीमा पूर्व राज्यमन्त्री रायको हत्या

७ साउन, जनकपुरधाम । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उहाँको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री हुनुभएको थियो । उहाँको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस