२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेकपा संस्थापक महासचिव पुष्पलालको विचार सही साबित भयो : प्रधानमन्त्री

काठमाडौं, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको आज ४६औं स्मृति दिवसका अवसरमा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अग्रज नेताप्रति उच्च सम्मानका साथै श्रद्धासुमन अर्पण गर्नुभएको हो ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र कांग्रेस मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही साबित भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ पुष्पलालले कम्युनिष्ट पार्टी स्थापनाको नेतृत्व गर्नुका साथै कम्युनिष्ट घोषणापत्र नेपालीका अनुवाद गर्नुभएको स्मरण गर्नुभएको छ ।

‘निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिस्ट र कांग्रेसले मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने उहाँको विचार सही साबित भयो । मेरा अग्रज नेता पुष्पलालको स्मृति दिवसमा उहाँप्रति उच्च सम्मान र श्रद्धा !’ प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

अग्रजलाई सम्मान भन्दै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘आज साउन ७ गते, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औं स्मृति दिवस । उहाँले नै सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नुभयो । निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिस्ट र कांग्रेसले मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने उहाँको विचार सही साबित भयो । मेरा अग्रज नेता पुष्पलालको स्मृति दिवसमा उहाँप्रति उच्च सम्मान र श्रद्धा !’

यसैगरी, एमाले महासचिव शंकर पोखरेलले नेकपाका संस्थापक पुष्पलाललाई सिद्धान्त, संगठन र सङ्घर्षमा निरन्तर जोड दिनु हुने, संयुक्त जनआन्दोनका प्रणेताका रूपमा स्मरण गर्दै उहाँको जीवन सङ्घर्षबाट सदैव प्रेरणा लिनुपर्ने धारणा राख्नुभएको छ । महासचिव पोखरेलले आफ्नो फेसबुकमार्फत उक्त विचार सम्प्रेषण गर्दै नेकपाका संस्थापक पुष्पलालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

 

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस