२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सांसदले रोष्ट्रमबाटै भन्नुभयो, मैले नै ५ हजार घुस दिएर आएँ

६ साउन, काठमाडौं । जनता समाजवादीका सांसद विरेन्द्र महतोले विचौलिया र भ्रष्टाचारले जरा गाडेको बताउनुभएको छ । हालै मात्र आफूले ५ हजार रुपैयाँ घुस दिनु परेको उहाँले संसद्‌मै सुनाउनुभयो । विश्वासको मत लिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै जसपाका सांसद महतोले निजामती कर्मचारीको तलब निकै कम भएको बताउनुभयो ।

तलब कम भएका कारण उनीहरूले घुस खाने गरेको भन्दै उहाँले भन्नुभयो, ‘म भूपू मन्त्री, मैले नै हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु ।’

उहाँका अनुसार छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे गएको छोरालाई त्यो मिलेन भनेर ३ बजेसम्म काम नगरिदिएको उहाँले बताउनुभयो । ‘म आफैं गएँ, एउटा अधिकृतले कागज मिलेको छैन भन्यो’ त्यसपछि चिया खाने समय भयो भन्दै बाहिर गएको भन्दै उहाँले भन्नुभयो, ‘४ बजेसम्म कुरेँ (कर्मचारी) आएनन्, म गएर विचौलियालाई ५ हजार दिएँ, ५ मिनेटमा काम भयो ।’

 

 

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस