२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिन्धुपाल्चोकमा भारी वर्षा, तल्ला नदी तटमा खतरा

६ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । बर्षासँगै खसेको पहिरोले मुख्य र शाखा सडकहरु ठाउँ–ठाउँमा अवरुद्ध भएका छन् । तल्ला नदी तटमा खतरा बढिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोले तातोपानी जोड्ने अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । बाह्रबिसे–तातोपानी सडकखण्डको डाक्लाङ भन्ने स्थानमा सडक भासिएपछि दुईतर्फी नै राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार सडक मर्मतको काम भइरहेको छ । ‘एक ठाउँमा मात्र छैन, जिल्लाका ३०–४० ठाउँमै पहिरोले सडकमा क्षति पुर्‍याएको छ,’ उहाँले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकका ढुङ्गे, गोबरे, गुम्थाङ, भोताङ र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । सो क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती र सहायक खोलाहरूमा बाढीले र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन विभागले एसएमएस पठाएर अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस