२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सचिव तोयानाथ अधिकारीद्वारा राजीनामा

५ साउन, काठमाडौं । नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदले अवकाश पाउने भए पनि उहाँले पाँच महिना अगावै राजीनामा दिनुभएको हो ।

अधिकारी हाल नेपाल कानून आयोगमा सचिवमा कार्यरत हुनुहुन्छ । स्रोतका अनुसार उहाँको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको छ । सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि उहाँले राजीनामा दिने निर्णय गरेको निकट स्रोतको भनाइ छ ।

उनले लामो समय सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवका रुपमा काम गरेका थिए । २०५० सालमा निजामती सेवा प्रवेश गरेका उनले ३१ वर्षको कार्यकाल सकाएर आइतबार बिदा हुँदैछन् ।

 

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस